• २०८३ भदौ २८ आइतबार

हुथी विद्रोहीले दक्षिणी साउदीको सैन्य अखडालाई निशाना बनाएको दाबि

हुथी विद्रोहीले दक्षिणी साउदीको सैन्य अखडालाई निशाना बनाएको दाबि

काठमाडौँ । यमनका हुथी विद्रोहीले दक्षिणी साउदी अरबमा रहेको एक सैन्य अखडालाई ब्यालिस्टिक मिसाइल र ड्रोनमार्फत निशाना बनाएको दाबी गरेका छन् ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले सामाजिक सञ्जालमार्फत आक्रमणबारे जानकारी दिँदै दक्षिणी साउदी अरबको शरुराह सैन्य अखडामा आक्रमण गरिएको बताएका छन् । उनका अनुसार आक्रमणमा साउदी अरबका हतियार भण्डार तथा नियन्त्रण केन्द्रलाई निशाना बनाइएको थियो ।

यद्यपि आक्रमण कहिले भएको हो भन्नेबारे उनले स्पष्ट जानकारी दिएका छैनन् । उनले यमनविरुद्ध सैन्य कारबाही जारी राखिए साउदी अरबभित्र थप ठूलो आक्रमण गर्न सक्ने चेतावनीसमेत दिएका छन् ।

यसैबीच, अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार साउदी युवराजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुथी विद्रोहीविरुद्ध सैन्य कारबाही गर्न गरेको आग्रह ट्रम्पले अस्वीकार गरेको रिपोर्टमा उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै