काठमाडौँ । कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणका रूपमा काठमाडौँ–चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ।
त्यस्तै, चितवन–काठमाडौँतर्फबाट एउटा भारी सवारीसाधनसमेत सफलतापूर्वक पास गराइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी रहेको मन्त्रालयले जनाएको छ।









