• २०८३ भदौ २९ सोमबार

जलविद्युत आयोजनाका सुरुङमा जारी उद्धार कार्य बारे नेपाली सेनाले के भन्यो ?

जलविद्युत आयोजनाका सुरुङमा जारी उद्धार कार्य बारे नेपाली सेनाले के भन्यो ?

काठमाडौँ । रसुवामा आएको बाढीपछि क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ ।

रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको टोलीले सुरुङभित्र खोजी गरिरहेको छ। लाङ्टाङ जलविद्युत आयोजनामा पनि विदेशी प्राविधिकसहितको टोलीले ड्रोनमार्फत सुरुङभित्र खोजी गरे पनि हालसम्म केही फेला परेको छैन ।

चिलिमे जलविद्युत आयोजनामा डोजर र लोडरको प्रयोग गरी करिब १ सय मिटर भग्नावशेष हटाइएको छ । सुरुङभित्र पानी भेटिएपछि पानी हटाउने काम भइरहेको छ भने उद्धार टोलीले डोरीको सहायताले सुरुङभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। साथै, खोला वारपार गर्न तुइन जडान गरिएको छ ।

माथिल्लो त्रिशूली–१ मा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिले खोजी जारी राखेका छन् । त्रिशूली–३ एमा विद्युत् गृह र सुरुङ क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ ।

त्रिशूली–३ बीमा नेपाली सेनासहितको संयुक्त टोलीले डोजर र पछाडि खन्ने यन्त्रको प्रयोग गरी आवास गृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गरिरहेको र टोलीले अहिले विद्युत् गृह क्षेत्रतर्फ खोजी केन्द्रित गरेको नेपाली सेनाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै