• २०८३ भदौ ३० मंगलबार

भीमफेदी सडकमा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

भीमफेदी सडकमा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु, चार घाइते

हेटौडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुबाहक विद्युतीय गाडी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुबाहक विद्युतीय गाडी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा चालकसहित चार पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।

घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ ।

दुर्घटनापछि प्रहरी तथा ट्राफिक प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिएको थियो । गाडीमा चालकसहित आठ जना सवार रहेको खुलेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै