• २०८३ भदौ ३१ बुधबार

उदयपुरमा ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्किँदा १७ जना घाइते

उदयपुरमा ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्किँदा १७ जना घाइते

उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरीस्थित सडकखण्डमा ट्रक र यात्रुबाहक माइक्रोबस ठोक्किँदा १७ जना घाइते भएका छन् ।

बुधबार बिहान करिब १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.४ ख ५६३५ नम्बरको यात्रुबाहक माइक्रोबस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा माइक्रोबसका चालक तथा सहचालकसहित १७ जना घाइते भएका छन्। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक विपेश कुमार देवको नेतृत्वमा १५ जनाको टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेको थियो ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै