• २०८३ भदौ ३१ बुधबार

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा विशेष महोत्सव हुँदै

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा विशेष महोत्सव हुँदै

काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा काठमाडौँको दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव २०२६’ आयोजना हुने भएको छ ।

महोत्सव आगामी मंसिर ६ गते आयोजना हुने आयोजकले जनाएको छ। ‘संस्कृति मार्फत ऐक्यबद्धता’ भन्ने नारासहित आयोजना हुने महोत्सवमा नेपाली तथा जापानी संगीत, कला र संस्कृतिमार्फत दुई देशबीचको मित्रता, सद्भाव र जनस्तरको सम्बन्ध प्रवर्द्धन गरिनेछ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह ‘गोदिएगो’को विशेष प्रस्तुति रहनेछ। उक्त समूहले सन् १९८० मा दशरथ रंगशालामा प्रस्तुति दिएको थियो ।

महोत्सवमा नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति तथा नेपाल र जापानका सांस्कृतिक, पर्यटकीय र व्यापारिक प्रदर्शनीसमेत रहनेछन् ।

भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै कार्यक्रमको खर्च कटाएर बचत हुने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने आयोजकले जनाएको छ ।

महोत्सवले नेपालमा पर्यटन प्रवर्द्धनसँगै अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान विस्तार र आर्थिक पुनरुत्थानमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै