• २०८३ असोज १ बिहीबार

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध, काराबाओ कपबाट बाहिरियो

म्यानचेस्टर युनाइटेड ब्राइटनसँग स्तब्ध, काराबाओ कपबाट बाहिरियो

काठमाडौँ । काराबाओ कपको तेस्रो चरणमा म्यानचेस्टर युनाइटेडले दुई गोलको अग्रता गुमाउँदै ब्राइटनसँग ३–२ को हार बेहोरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा युनाइटेडले सुरुवातमै दुई गोल गरे पनि दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । यो हारसँगै युनाइटेडका लागि घरेलु कप प्रतियोगितामा लगातार तेस्रो चरणमै निराशाजनक नतिजा आएको छ । अघिल्लो सिजनको काराबाओ कपमा युनाइटेड चौथो श्रेणीको ग्रिम्स्बी टाउनसँग पराजित भएको थियो भने एफए कपमा पनि ब्राइटनसँग पराजित भएको थियो ।

बुधबारकै अन्य खेलमा एभर्टनले उल्भरह्याम्पटनलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । त्यस्तै, फ्लीटवुड टाउनले शेफिल्ड युनाइटेडलाई १–० ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । कोभेन्ट्री सिटीलाई ३–१ ले हराउँदै एस्टन भिल्लाले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै