• २०८३ असोज १ बिहीबार

विद्युतीय खरिद प्रणाली बन्द भएपछि हुलाकमार्फत बोलपत्र बुझाउन सकिने

विद्युतीय खरिद प्रणाली बन्द भएपछि हुलाकमार्फत बोलपत्र बुझाउन सकिने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिएको उच्च सुरक्षा जोखिमका कारण प्रणाली तत्कालका लागि स्थगित भएकाले हुलाकमार्फत बोलपत्र कागजात प्राप्त गर्ने र दाखिला गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ ।

कार्यालयले प्रणालीको मर्मतसम्भार तथा सुधार गरी यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने काम भइरहेको जनाउदै प्रणाली पुनः सञ्चालनमा नआएसम्म सार्वजनिक खरिद प्रक्रिया प्रभावित नहोस् भनेर हुलाकमार्फत बोलपत्र कागजात प्राप्त गर्ने र दाखिला गर्ने व्यवस्था गरिएको जानकारी दिएको हो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) तथा कार्यालयले जारी गरेको नमुना बोलपत्र कागजातमा रहेको व्यवस्था बमोजिम बोलपत्रदाता आफैँ, हुलाक वा कुरियरमार्फत बोलपत्र बुझाउन सक्ने प्रावधान लागू हुने कार्यालयले जनाएको छ ।

कार्यालयको २०८३ भदौ ३० गतेको सचिवस्तरीय निर्णयअनुसार कार्यालयले तोकिएको समयभित्र हुलाकमार्फत बोलपत्र कागजात सम्बन्धित कार्यालयमा दाखिला गर्न सकिने व्यवस्था मिलाउन सम्बन्धित सबै सार्बजनिक निकायलाई जानकारी गराएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै