• २०८३ असोज १ बिहीबार

अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

चितवन । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा चितवनको भरतपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भारतका २५ वर्षीय कथराम नितिनलाई भरतपुर महानगरपालिका–२ आँपटारीस्थित एक घरबाट नियन्त्रणमा लिएको हो ।

नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा गरिएको कारबाहीका क्रममा उनको साथबाट २६ थान मोबाइल, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकम सिमकार्ड, ४ थान कम्प्युटर, ३३ थान युएसबी मोबाइल उपकरण, ६ थान २० पोर्टको युएसबी उपकरण, ३० थान युएसबी–अडियो तार, राउटर, नेटवर्क स्विच, इन्भर्टर, ब्याट्री तथा विभिन्न तार बरामद गरिएको छ ।

प्रारम्भिक अनुसन्धानमा बरामद उपकरण तथा सामग्री अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै