धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–ज्यामिरेघाटमा सडक माथिबाट ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
पहिरोका कारण काठमाडौं आउने र जाने दुवैतर्फका सवारीसाधन रोकिएका छन् । पहिरो ठूलो भएकाले सडक खुलाउन केही समय लाग्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । पहिरो हटाउन निर्माणाधीन सडक आयोजनाका डोजर परिचालन गरिएको छ ।
यस्तै, नारायणगढ–मुग्लिन सडकखण्डको किलोमिटर १५ मा लेदो खसेपछि सडक एकतर्फी रूपमा प्रभावित भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।









