• २०८३ असोज ३ शनिबार

सिरहामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

सिरहामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, साइकलयात्री घाइते

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ रोजी मेडिकलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् ।

शनिबार गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना.४ ख ८५०४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५१ वर्षीय रामपृत मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा स्थानीय ४५ वर्षीय राजातुल अंसारी घाइते भएका छन्। उनको दुवै खुट्टामा चोट लागेको छ। अवस्था सामान्य रहेकाले स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रहरीले ट्रक चालक धनुषाको मिथिला नगरपालिका–९ का २५ वर्षीय कमलेश महतोलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै