काठमाडौँ । जापानको नागोयास्थित मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच एसियाली खेलकुदको २०औँ संस्करण उद्घाटन भएको छ। जापानका सम्राट नारुहितोले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तथा नेपाली टोलीका सेभ द मिसन विशाल श्रेष्ठको नेतृत्वमा नेपाली टोलीले मार्चपास्टमा सहभागिता जनाएको थियो ।
मार्चपास्टमा नेपाली टोलीको झण्डा बक्सिङ खेलाडी चन्द्रबहादुर थापा र कबड्डी खेलाडी मानमती बिष्टले बोकेका थिए । २०औँ एसियाली खेलकुदमा नेपालबाट २१ खेलमा १ सय ३५ खेलाडी सहभागी छन् ।









