• २०८३ असोज ४ आइतबार

एमालेको पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दै

एमालेको पुनर्गठन कार्यदल र सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको हो । 

पार्टी पुनर्गठनको बहस चलिरहेका बेला नेतृत्वबीच सहमति जुट्न नसकेपछि एउटै प्रतिवेदन तयार पार्ने उद्देश्यले बैठक बोलाइएको बताइएको छ । 

यसअघि महासचिव शंकर पोखरेल र उपाध्यक्ष रामबहादुर बादलले अलग अलग प्रतिवेदन तयार गरेपछि विवाद बढेको छ । अघिल्लो साता आवासीय बैठक बसेर दुवै प्रतिवेदनलाई एक बनाउने प्रयास गरिएको भएपनि नेताहरुबीच सहमति हुन नसकेपछि अध्यक्ष केपी ओलीको निर्देशनमा नेता प्रदीप ज्ञवालीले अलग्गै प्रतिवेदन तयार गरेको बुझिएको छ । ज्ञवालीको प्रतिवेदन आजको बैठकमा पेश हुने बताइएको छ ।

आज कार्यदल बैठकपछि दिउँसो १ बजे सचिवालय बैठक बस्नेछ । सचिवालयले भोलिदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ । केन्द्रीय कमिटी बैठक असोज ५ देखि ७ गतेसम्म ललितपुरको भैँसेपाटीमा बस्ने तयारी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै