• २०८३ असोज ४ आइतबार

एक्स्ट्रिम इनर्जी ड्रिङ्क विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक

एक्स्ट्रिम इनर्जी ड्रिङ्क विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक

विराटनगर । एक्स्ट्रिम इनर्जी ड्रिङ्क विराट एक्स्पो २०२६ को मुख्य प्रायोजक बनेको छ ।

विराटनगरमा आयोजना हुने एक्स्पोको नवौँ संस्करणका लागि आयोजक र एक्स्ट्रिम इनर्जी ड्रिङ्कबीच मुख्य प्रायोजनसम्बन्धी औपचारिक सम्झौता भएको हो ।

आगामी पुस २ देखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने विराट एक्स्पो उद्योग, व्यापार तथा नयाँ सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । मोरङ उद्योग व्यापार संघले करिब तीन दशकदेखि आयोजना गर्दै आएको विराट एक्स्पो नेपालका महत्वपूर्ण औद्योगिक तथा व्यापारिक प्रदर्शनीमध्ये एक हो ।

मुख्य प्रायोजक बनेसँगै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले एक्स्पोमार्फत उद्यम, व्यापार र नयाँ अवसरलाई प्रवर्द्धन गर्ने अभियानमा सहकार्य गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै