• २०८३ असोज ४ आइतबार

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदै

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ लाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

यस वर्ष ‘सबैका लागि, सबै ठाउँमा, हरेक दिन शान्तिमा लगानी गरौँ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति युद्ध नहुनु मात्र होइन, सुरक्षित, सम्मानजनक र सहकार्यपूर्ण जीवनको आधार पनि हो । यस वर्ष स्थानीय तहमा शान्ति निर्माणमा योगदान गर्ने व्यक्ति तथा समुदायको भूमिकालाई विशेष जोड दिइएको छ ।

सन् २००१ मा संयुक्त राष्ट्रसङ्घले सेप्टेम्बर २१ लाई हिंसारहित अवस्था र युद्धविरामको अवधिका रूपमा मनाउने निर्णय गरेको थियो । दिवसका अवसरमा हरेक व्यक्ति र समुदायले शान्तिका लागि दैनिक रूपमा सकारात्मक योगदान गर्न संयुक्त राष्ट्रसङ्घले आह्वान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै