• २०८३ असोज ५ सोमबार

जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति गठन

जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति गठन

काठमाडौं । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति गठन गरिएको छ ।   

सोमबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले १५ सदस्यीय संसदीय समिति बनाउने घोषणा गरेका हुन् । 

'हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशुली विपद सम्बन्धि संसदीय विशेष समिति' नाम दिइएको समितिमा अच्युतम लामिछाने, अनुष्का श्रेष्ठ, गङ्गा देवी श्रेष्ठ, गणेश पराजुली, धनन्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कंडेल, मोहन आचार्य, मिग्मा ग्याबू शेर्मा , रमेश मल्ल, रविन्द्र पटेल, सरस्वति लामा, सुजाता तामाङ र सीता थपलिया रहेका छन् ।  

सभापति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीलाई बनाउने यसअघि कार्यव्यवस्था समितिमा सहमति भएपनि समितको पहिलो बैठकले सभापति चयन गर्ने सभामुख अर्यालले जानकारी दिएका छन् ।

त्यस्तै, समितिमा रास्वपाका आठ, नेपाली कांग्रेसका दुई, नेकपा एमालेका दुई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति, राप्रपाका एक एक सदस्य रहनेछन् । 

समितिको कार्यावधि पहिलो बैठक बसेको तीन महिनाको हुने छ र आवश्यक परेमा प्रतिनिधि सभाले समय थप गर्न सक्ने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै