काठमाडौं । रोयल इन्फिल्ड नेपालले आयोजना गरेको ‘वन राइड’मा देशभरबाट १५ सयभन्दा बढी राइडर सहभागी भएका छन् । असोज ४ गते देशका विभिन्न स्थानमा एकैसाथ आयोजना गरिएको राइडमा काठमाडौंमा मात्रै ६ सयभन्दा बढी राइडर सहभागी भएका थिए ।
काठमाडौंको राइड कमलादीस्थित प्रज्ञा भवनबाट सुरु भएर गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा पुगेर सम्पन्न भएको थियो । देशभरका २२ वटा आधिकारिक विक्रेता केन्द्रबाट राइडरहरू कार्यक्रममा सहभागी भएका थिए ।
राइडकै अवसरमा रोयल इन्फिल्ड नेपालले डाउन सिन्ड्रोम एसोसिएसन नेपाललाई २ लाख रुपैयाँ सहयोग गरेको छ । अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले संस्थाका पदाधिकारीलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । पौडेलले मोटरसाइकल र यात्रासँगै सामाजिक उत्तरदायित्व तथा समुदायसँगको सहकार्यलाई पनि अघि बढाउने बताएका थिए ।
कम्पनीका अनुसार ‘वन राइड’को उद्देश्य देशभर रहेका रोयल इन्फिल्ड राइडरलाई एउटै अभियानमा जोड्दै अनुभव आदानप्रदान गर्ने तथा सुरक्षित र जिम्मेवार राइडर कम्युनिटीलाई प्रोत्साहन गर्नु हो । कम्पनीले आगामी दिनमा पनि राइडर समुदाय र स्थानीय समुदायसँग जोडिएका सामाजिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ ।









