• २०८३ असोज ५ सोमबार

चलचित्र ‘द राइज अफ साम्राज्य' मा जोडिए अभिनेता सुशील श्रेष्ठ

चलचित्र ‘द राइज अफ साम्राज्य' मा जोडिए अभिनेता सुशील श्रेष्ठ

काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द राइज अफ साम्राज्य’ मा अभिनेता सुशील श्रेष्ठ जोडिएका छन्। छायांकनको तयारीमा रहेको चलचित्रमा सुशील महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

चलचित्रमा यसअघि नै सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन, विजय बराल, अञ्जना बराइली र अमरप्रताप श्रेष्ठ अनुबन्धित भइसकेका छन् । चलचित्रको अधिकांश छायांकन पूर्वी नेपालका विभिन्न स्थानमा गरिनेछ ।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने चलचित्रलाई निर्माण पक्षले ठूलो क्यानभासको एक्सन ड्रामाका रूपमा प्रस्तुत गरेको छ। चलचित्रको कथा तथा पटकथा बुद्धिसागरले लेखेका छन् भने छायांकन मानकृष्ण महर्जन र एक्सन निर्देशन श्री श्रेष्ठले गर्नेछन् ।

चलचित्रको छायांकन ७० दिनमा सम्पन्न गर्ने तयारी छ । निर्माता प्रवेश चौधरी र निला देव रहेका छन् भने विश्वास बस्नेत सहनिर्माता तथा शंकर पाण्डे कार्यकारी निर्माता छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै