• २०८३ असोज ७ बुधबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र न्यून चापीय क्षेत्र बङ्गालको खाडीकोपश्चिम-मध्य भू-भाग आसपास रहेको बताएको छ । 

उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै बलियो न्युन चापीय क्षेत्रको रुपमा पश्चिम-उत्तरपश्चिम दिशा तिर सर्ने देखिएको महाशाखाले बताएको छ । हाल बागमती प्रदेशका साथै देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने र तराई भू-भागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थआनमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

त्यस्तै, दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागको केही स्थानमा,  सुदूरपश्चिम  प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी र बागमती  प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

त्यसैगरी, राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशको धेरै स्थानमा, बागमती  र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको तराई भू-भागको केही स्थानमा, सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशको थोरै स्थानमा, बागमती प्रदेशको पहाडी र तराई  भु-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | साथै कोशी  प्रदेशको पहाडी र तराई भू-भाग एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै