काठमाडौँ । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष कबड्डीमा नेपालले मलेसियालाई ७३–५२ अंकले पराजित गरेको छ।
समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि सान्त्वना जित निकालेको हो । यसअघि खेलेका तीनवटै खेलमा पराजित भएकाले नेपाल यसअघि नै समूह चरणबाट बाहिरिसकेको थियो ।
मलेसियाविरुद्धको जितसँगै नेपालले प्रतियोगिताको अन्तिम खेलमा विजयी हुँदै पुरुष कबड्डीको यात्रा टुंग्याएको छ ।









