• २०८३ असोज १० शनिबार

डोल्पामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु

डोल्पामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु

डोल्पा । त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

शुक्रबार राति त्रिपुरासुन्दरी नगरपालिका–७ रावलबाडाका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका बेला वर्षासँगै भिरबाट ढुंगा खसेर उनीहरूलाई लागेको थियो ।

ढुंगाले लागेर मनरुप केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । चन्द्ररुप केसीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थल अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै