Skip This
  • २०८३ असोज १२ सोमबार

सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो- सांसद ध्रुवराज राई

सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो- सांसद ध्रुवराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारले केटाकेटी खेलेको जस्तो काम गरिएको टिप्पणी गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले पूर्वप्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ बारे केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखिएको टिप्पणी गरेका हुन् ।

उनले भने- 'यो केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो गतिवधि भइरहेको छ कि । घरी भरत दाहाल पक्रियो छाडियो । घरी चोलेन्द्रशमशेर पक्रियो छोडियो । विषय गम्भीर छ भने सिरियसली लाग्नुहोला ।

सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा बारे दिएको अभिव्यक्तिको जवाफ आफुहरुले संसदमा कुरेर बसेको बताउदै भने- 'लामो समयदेखि प्रधानमन्त्रीको उत्तरको प्रतिक्षामा प्रश्न बोकेर बसेका छौँ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै