• २०८३ असोज १३ मंगलबार

बागलुङमा अविरल वर्षापछि मृत्यु हुनेको संख्या १२ पुग्यो, एक महिला अझै बेपत्ता

बागलुङमा अविरल वर्षापछि मृत्यु हुनेको संख्या १२ पुग्यो, एक महिला अझै बेपत्ता

बागलुङ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको पहिरोमा परी बागलुङमा १२ जनाको मृत्यु भएको छ भने एक महिला बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा पाँच पुरुष, चार महिला र तीन बालबालिका छन् ।

वर्षा र पहिरोले जिल्लाका विभिन्न पालिकामा ५१ घर पूर्ण र ५२ घर आंशिक क्षति भएका छन् । १० गोठ पूर्ण र एउटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। तीनवटा झोलुङ्गे पुल पूर्ण रूपमा भत्किएका छन् ।

त्यस्तै, दुई प्रहरी कार्यालय र दुई हाइड्रोपावरमा आंशिक क्षति पुगेको र एउटा विद्यालयमा आंशिक क्षति हुँदा वडा कार्यालय, रिसोर्ट र कृषि फार्म एक–एकवटा पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

विपद्का कारण २५६ पशुचौपाया र १२५ कुखुरासमेत मरेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै