काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेका छन् ।
मंगलबार अपराहन्न भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई दिएका थिए ।
राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि बिदाई भेट गरेका थिए ।









