• २०८३ असोज १४ बुधबार

उडिरहेको विमानमा पाइलटबीच विवाद भएपछि...

उडिरहेको विमानमा पाइलटबीच विवाद भएपछि...

काठमाडौँ । उडिरहेको विमानमा पाइलटबीच झगडा भएपछि दुबईबाट इजरायलको तेल अभिवतर्फ जाँदै गरेको फ्लाईदुबईको एउटा विमान बुधबार बिहान साउदी अरबको उत्तरपश्चिमको ताबुक विमानस्थलमा अवतरण गरेको गराइएको थियो ।  

अचानक निर्धारित मार्गबाट भड्किएपछि विमानको सुरक्षालाई लिएर दुई देशमा चिन्ता बढेको थियो । १८० जना इजरायली यात्रु सवार रहेको विमानमा रहेका दुई पाइलटबीच विवाद भएपछि विमान निर्धारित गन्तव्य तेल अभिवतर्फ जानुको सट्टा साउदी अरबको दिशातर्फ अघि बढेको बताइएको छ । विमानले आफ्नो मार्ग परिवर्तन गरेपछि सुरक्षा निकायमा सम्भावित सुरक्षा घटनाको आशंका बढेको थियो । विमान निर्धारित मार्गबाट हटेपछि तथा आपत्कालीन अवस्थाको सूचना आएपछि विमान अपहरण भएको हुन सक्ने आशंका समेत गरिएको थियो ।

विमान सुरक्षित अवतरण भएपछि विमान चलाएका दुई पाइलटबीच झडप हुदा विमान गन्तव्यमा नगएको विषय खुलेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै