• २०८३ असोज १५ बिहीबार

मेसी बिना बोलिभियामाथि अर्जेन्टिनाको शानदार जित

मेसी बिना बोलिभियामाथि अर्जेन्टिनाको शानदार जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ४-० को सहज जित निकालेको छ । आज बिहान कोर्डोबास्थित मारियो अल्बेर्तो केम्पेस रंगशालामा भएको खेलमा अर्जेन्टिनाले प्रभावशाली प्रदर्शन गरेको हो ।

विश्वकपपछि पहिलो खेल खेलेको अर्जेन्टिनाले बलियो सुरुवात गर्दै बोलिभियामाथि दबाब बनाएको थियो । लियोनल मेसीले राष्ट्रिय टिमबाट सन्यासको घोषणा गरेपछि अर्जेन्टिनाले पहिलो खेल खेलेको हो ।

अर्जेन्टिनाले यस खेलमार्फत विश्वकपपछि नयाँ चरणको सुरुवात गरेको हो । टोलीले अब अक्टोबर ४ मा बुर्किना फासोसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने अक्टोबर ६ मा बेनिनविरुद्ध खेल्ने तालिका छ । बेनिनविरुद्धको खेल मेसीको अर्जेन्टिनाबाट सम्भावित विदाइ खेलका रूपमा समेत हेरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै