• २०८३ असोज १५ बिहीबार

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन कार्यदल गठन गरिने

काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने औषधि उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना बनाउन कार्यदल गठन गरिने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा भएको छलफलपछि समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीको संयोजकत्वमा विज्ञ टोलीसहितको कार्यदल गठन गर्ने निर्णय भएको हो ।

कार्यदलले तीन महिनाभित्र कार्यान्वयनयोग्य कार्ययोजना र वैद्यखानाको विकासको खाका तयार गर्नेछ । तत्काल उपलब्ध जडीबुटीको अधिकतम उपयोग गरी औषधिको उत्पादन बढाउने तथा भविष्यमा विदेशमा समेत निर्यात गर्ने गरी काम अघि बढाउने निर्णय भएको छ ।

छलफलमा जडीबुटी संकलनमा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान, सम्बन्धित निकायबीच समन्वय र किसानसँग सहकार्य गरी जडीबुटी उत्पादन बढाउने विषयमा समेत जोड दिइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै