• २०८३ असोज १६ शुक्रबार

हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता

हिमलुङ हिमपहिरोमा बेपत्ता १५ जनाको शव फेला, एक अझै बेपत्ता

काठमाडौँ । हिमलुङ हिमाल आधार शिविरमा नेपाल पर्वतारोहण तथा पर्वतीय मार्गदर्शन संघको खोज तथा उद्धार टोलीले १५ जनाको शव फेला पारेको छ भने एक जना अझै बेपत्ता रहेका छन् ।

पाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) का अनुसार उद्धार गरिएका तथा पहिचान भएका व्यक्तिमा छेबी भोते, पासाङ भोते, वीरेन्द्र गुरुङ, घनश्याम राई, बिर्ख ध्वज तामाङ, जगत तामाङ, कलाम बुढा, लकुमार राई, ङिमा दोर्जे तामाङ, सन्ता वीर तामाङ, सुरज राई, उर्खा ध्वज बोहरा, प्रेम तामाङ, किर्ते शेर्पा र आश गुरुङ रहेका छन् । त्यस्तै, पासाङ नुरी शेर्पा भने अझै बेपत्ता रहेका छन् । 

अत्यन्त कठिन मौसम र १४ फिटभन्दा बढी हिउँ जमेको अवस्थामा पनि टोलीले सम्भावित जीवित व्यक्तिको खोजी गर्नुका साथै ज्यान गुमाएकाहरूको शव निकालेको एनएनएमजीएले जनाएको छ ।

खोज तथा उद्धार अभियानको पहिलो चरणको नेतृत्व अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघका पर्वतीय मार्गदर्शक मिङ्मा जी. शेर्पाले गरेका थिए । त्यसपछि दोस्रो चरणको नेतृत्व अन्तर्राष्ट्रिय पर्वतीय मार्गदर्शक महासंघका पर्वतीय मार्गदर्शक पासाङ काजी शेर्पाले गरेका थिए ।

मनाङको हिम्लुङ हिमालको आधार शिविर क्षेत्रमा असोज ११ गते गएको हिमपहिरोमा १२ जना भान्साका कर्मचारी र दुई जना गाइड बेपत्ता भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै