काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने ७७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ तथा मधेश र सुदूरपश्चिममा प्रदेशमा २, कोशी, बागमती र गण्डकी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ७७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा १५ जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा ९ जना र गण्डकीमा ६ जना घाइते भएका छन् ।









