• २०८३ असोज १७ शनिबार

म्याक्स टाइगरको ‘दशैं धमाका': ३६ जनालाई मोटरसाइकल तथा स्कुटर र एक जनालाई प्रोटोन कार

म्याक्स टाइगरको ‘दशैं धमाका': ३६ जनालाई मोटरसाइकल तथा स्कुटर र एक जनालाई प्रोटोन कार

काठमाडौँ । दशैंलाई लक्षित गर्दै म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘दशैं धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत ३६ जनाले यामाहा मोटरसाइकल तथा स्कुटर र एक जना भाग्यशाली विजेताले प्रोटोन कार जित्ने अवसर पाउनेछन् ।

ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियानको औपचारिक घोषणा गरेको हो । 

अभियानअन्तर्गत विशेष पुरस्कारयुक्त क्यान देशभर वितरण गरिने कम्पनीले जनाएको छ । अभियानमा १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन् । त्यस्तै, बम्पर पुरस्कारका रूपमा एक जना भाग्यशाली विजेताले प्रोटोन कार पाउनेछन् । कम्पनीका अनुसार विशेष पुरस्कारयुक्त क्यान प्राप्त गर्ने उपभोक्ता नै अभियानका विजेता बन्नेछन्। देशभर त्यस्ता क्यान वितरण गरी अभियानलाई उपभोक्तासम्म पुर्‍याउने तयारी गरिएको छ ।

म्याक्स टाइगरका अनुसार ‘दशैं धमाका २०२६’ मार्फत उपभोक्ताले उत्पादनसँगै आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । चाडपर्वको उत्साहलाई ब्रान्डसँग जोड्दै उपभोक्तासँगको सम्बन्ध थप सुदृढ गर्ने उद्देश्यले अभियान ल्याइएको कम्पनीले जनाएको छ । दशैं नेपालीका लागि किनमेल, भेटघाट र उत्सवको समय भएकाले यही अवसरलाई थप रोमाञ्चक बनाउँदै उपभोक्तासँग प्रत्यक्ष जोडिने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै