काठमाडौं । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएपछि कैद भुक्तान गरिरहेका बेला फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका ३८ वर्षीय गणेश श्रेष्ठलाई शुक्रबार काठमाडौं महानगरपालिका–२६ सामाखुसीबाट केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठ २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धाराबाट फरार भएका थिए । उनी जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । पक्राउ परेका श्रेष्ठलाई बाँकी कैद भुक्तानका लागि पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।









