• २०८३ असोज १८ आइतबार

रास्वपाको स्थानीय तहका उम्मेदवार छनोट समितिको सदस्यमा मनोनयन

रास्वपाको स्थानीय तहका उम्मेदवार छनोट समितिको सदस्यमा मनोनयन

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गरेको छ ।

आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित केन्द्रीय उम्मेदवार छनोट समितिमा ७ सदस्य मनोनयन गरेको हो। मनोनित सदस्यहरुमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी रहेका छन्।

 यस्तै पार्टीको सातै प्रदेशका सभापतिहरु पदेन समितिमा सदस्य रहने पार्टीका प्रवक्ता जगदीश खरेलले बताएका छन् । 

बैठकले रास्वपाको वनस्थलीमा रहेको पार्टी केन्द्रीय कार्यालय अन्यत्र सार्ने निर्णय गरेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी कार्यालय सार्नुपर्ने आवश्यकता महसुस गर्दै उपत्यकामा पायक पर्ने स्थानमा जमिन तथा घर खोजी गर्न पार्टीका सदस्यहरूलाई अनुरोध गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै