काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पार्टीभित्र बसेर हैरान पार्नेहरूलाई छोडिदिन सुझाव दिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभामा सम्बोधन गर्दै लामिछानेले सभापति थापालाई पार्टीमा बसेर हैरान गर्नेलाई फकाउन भन्दा छोडिदिएकै राम्रो हुन्छ भन्ने सुझाव दिएका हुन् ।
उनले भने- 'कहिलेकाँही पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा-फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ ।'









