'मलाई राजनीतिमा छिर्न कुनै गाह्रो छैन, बलात्कारीलाई फाँसी दिनैपर्छ !'

खरीबोट

यही भदौ १ मा एक बिकिन लिम्बू नामका एक युवाले सिंहदरबार अगाडि निर्वस्त्र भएर विरोध प्रदर्शन गरे । त्यसको दुई दिनपछि एउटा युवतीको समूहले पेटीकोट लगाएर बलात्कारीलाई फासी सजाय माग्दै विरोध गरे । सो क्रममा सात युवतीलाई प्रहरीले पक्राउ गरेको थियो । तीन घण्टा थुनेपछि प्रहरीले उनीहरुलाई छाडिदियो । त्यसकै सदस्य तथा नेतृ थिइन् सावित्री सुवेदी । नेपालमा पछिल्लो समय दैनिकजसो बलात्कारका घटनाबारे समाचार आइरहँदा सुवेदीलगायतका युवतीहरुले माइतीघरमा उक्त प्रदर्शनमा गरेपछि एकाएक चर्चित भएकी थिइन् उनी । उनै सुवेदीसँग खरीबोट डटकमकी कविता घिमिरेले गरेको कुराकानीको सम्पादित अंश :     

भदौ ३ मा माईतीघरमा तपाई सहितका युवतीहरुले अनौठो प्रदर्शन गर्नुभयो, विरोधको नयाँ स्वरुप अपनाउनु भयो कस्तो लाग्यो ?
–    भदौ ३ गते हामीले गरेको पृथक खालको पेटीकोट आन्दोलन तथा प्रदर्शन थियो ।  त्यसले साँच्चै यो देशको प्रधानमन्त्रीदेखि लिएर धेरै जनाको ध्यानकर्षण गरेको छ र पेटीकोट प्रदर्शनको बारेमा संसदमा नै चर्काचर्की पनि परिसकेको छ । राष्ट्रिय सभाका सदस्यज्यू र सम्माननीय प्रधानमन्त्री केपी शर्मा पनी बोल्नुभएको छ  । यसले तमाम देशवासीको ध्यान आन्दोलनकेन्द्रित गरेको छ, म एकदमै सकारात्मक र खुसी छु ।

तर तपाईहरुको मागमा धेरै जनाको समर्थन भए पनि विरोध गर्ने शैलीचाहिँ महिलाहरुले नै मन पराएनन्  नि, के भन्नुहुन्छ ?
–    तीनै महिलाले विरोध गरे जसले बलात्कार भएका नानीका आँसु बेचेर डलरका खेती गर्थे । एउटा सामान्य व्यक्तिले हाम्रो आन्दोलन एकदम जायज छ, यो आन्दोलनमा म सामेल भएको छु भनेर सामान्य ग्रामीण भेगका दिदीबहिनीले भन्नुभएको छ  । हाम्रो आन्दोलनको एकदम विरोधचाहिँ  संघ÷संस्था खोलेर बस्ने डलरवादी र आफूलाई म मानवतावादी हुँ भन्ने दानवहरुले मात्र गरेका हुन् । 

बलात्कारीलाई मृत्युदण्ड दिँदा बलात्कारको घटना नहोला या धेरै कमी आउँछ भनेर कसरी मान्ने ?
–    कस्तो भन्दाखेरी बलात्कार आफैँमा एक जघन्य अपराध हो ।  हाम्रो देशमा कानुन नभएको कारणले कानुन भएर पनि कानुन कार्यान्वयन नहुने र राजनैतिक  अस्थिरता,  अकर्मन्यता र घटना भित्रै लुकाउने कारणले गर्दा बाहिर आएका छैनन् ।  यदि साँच्चै नै बलात्कारीलाई फाँसी दिने हो भने बलात्कारका घटनाहरु न्यूनीकरण हुन्छ मर्छु भन्ने डरले ।  बलात्कार गरेपछि मलाई फाँसीमा चढाइन्छ भनेपछि त्यो आपराधिक मानसिकता घटेर जान्छ । त्यो काम गर्न डराउँछ । 

१ गते  बिकिन लिम्बुले जसरी नग्न प्रदर्शन गरी विरोध गरे, ३ गते तपार्इंहरुले  नि अर्धनग्न आन्दोलन गर्नुभयो, नेपाली समाजले कसरी लेला ?
–    हाम्रो पेटीकोट आन्दोलनलाई समाजले सकारात्मक रुपमा लिएको छ । मैले धेरैबाट प्रतिक्रिया पाएको छु । एकदम राम्रो हो । यस्ता रचनात्मक र सिर्जनात्मक आन्दोलन समय समयमा भइरहनुपर्छ, तिमीहरुको पछाडि हामी छौँ भनेर तमाम नेपालीले भनिरहेको अवस्था छ  ।

अपाच्य, स्टन्ट गरेको भनेर तपाईंको विरोध गर्ने तरिकाको धेरैले विरोध गरे नि ?
–    आमाले बच्चा जन्माउने बेलामा पनि पेटीकोट नै लाएर जन्माएकी हुन्छिन् ।  हाम्रा धर्मकर्म गर्दादेखि लिएर धारामा नुहाउँदा पनि हामीले पेटीकोट नै बाँध्ने भएको कारणले एकदम शालीनता, एकदम सभ्य र एकदम रचनात्मक आन्दोलन हो भन्न चाहन्छु  । 

अब अधिकार पाउन, अपराधीलाई  सजाय दिन नांगिएरै विरोध गर्नुपर्ने भएको हो र ? कतिले त अश्लीलतासँग पनि जोड्ने कोशिस गरेका छन् नि ?
– बलात्कार दैनिक रुपमा भइरहँदा पनि सरकारले अपराधी र बलात्कारीलाई समात्न नसक्नु, कानुनी कठघरामा ल्याउन नसक्नु, पीडितलाई राज्यले संरक्षण गर्न नसक्नु, पुनस्र्थापना केन्द्रमा राख्न नसक्नु, उसको जीवनको सुरक्षा गर्न नसक्ने स्थिति आएको कारणले हामीले बाध्य भएर आन्दोलन गरेका हौँ ।  यदि साँच्चै सरकार, राज्य व्यवस्था, कानुन व्यवस्था हुन्थ्यो भने, पीडितले न्याय पाउँथ्यो भने सायद मजस्ता धेरै सावित्रीहरु पेटीकोट प्रदर्शन गरेर माइतीघरमा अर्धनग्न भएर विरोध प्रदर्शन गर्दैनथे होला । यसलाई अश्लीलता भन्न मिल्दैन, यो त एक शालीनता नै हो  । तमाम महिलाहरुलाई महिला सशक्तीकरणको लागि, हिंसाविरुद्ध खुलेर बोल्नुपर्छ भनेर सबैलाई सजग गराएका हौँ, यो कुनै अश्लीलता प्रदर्शन गरेको हैन । हाम्रो आन्दोलनलाई यसरी बुझ्न आग्रह गर्छु । 

सरकारलाई अझ ढकढकाउनका लागि हामीले सिंहदरबार, बालुवाटार घेर्ने, चुरा उपहार दिने, थोत्रो गुन्यु उपहार दिनेदेखि लिएर पुरुषहरुलाई आफ्नो लिङ्ग सम्हालेर राख भनेर सरकारी कर्मचारीहरुलाई कण्डम उपहार दिने कार्यक्रम गर्नेछौँ । 

तपार्इंहरुको मुख्य माग के थियो ?
–    बलात्कारीलाई फाँसि नै हो । 

आगामी दिनमा नि विरोध गर्नुहुन्छ कि सकियो तपाईंहरुको विरोध ?
–    आगामी दिनमा नि विरोध नै गर्छौँ, केही दिनमै पत्रकार सम्मेलन गरेर के गर्ने, कस्तो गर्ने भनेर कुरा गर्दै छौँ । जबसम्म बलात्कारीलाई फाँसी हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहनेछ  ।

तपाईंहरुको उक्त विरोध प्रदर्शनलाई रानीतिमा आउने बाटो खोजेको रुपमा बुझ्दा हुन्छ हामीले ?
–    हैन । म पहिल्यै माओवादीसँग आबद्ध भइसकेको मान्छे हुँ, मलाई राजनीतिभित्र छिर्न कुनै गाह्रो छैन । म आफूलाई क्षमता भएको महिला भनेर चिन्छु, यो मेरो घमण्ड हैन, यो मेरो आत्मविश्वास हो । भन्नेले त जे नि भन्छ । तर वास्तवमै हामीले बलात्कारीलाई  फाँसी दिन माग गर्दै रोडबाटै आन्दोलन र अभियान चलाएर  बलात्कारीलाई शूलीमा झुण्ड्याउने र पीडित नानीलाई सुरक्षा दिने , उसको पुनस्र्थापना गर्नुपर्छ, राज्यले यस्तो व्यवस्था ल्याउनुपर्छ भनेका हौँ ।

अबको योजना ?
–    अबको योजना भनेको प्रदेश सदरमुकाममा गएर आन्दोलन गर्ने र ग्रामीण भेगमा गएर महिलाहरुलाई अभिमुखीकरण तालिम दिने र महिला हिंसाको विरुद्ध बोल्न लगाउने, हिंसा सहनुहुँदैन भन्ने, आर्थिक रुपमा महिलालाई सबल बनाउने र आर्थिक सशक्तीकरण गर्ने हो  ।

कतिपयले पाश्चात्य शैलीमा विरोध गर्यो, नराम्रो भयो भनिरहँदा के भन्नुहुन्छ ?
–    यो पाश्चात्यभन्दा पनि अहिलेको समयको माग हो । मान्छेले कसरी लिन्छ, के लिन्छ, त्यो आफैँमा भर पर्ने कुरा हो । हामीले आफ्नै वस्त्र लगाएर गरेको आन्दोलन हो । ता कि गुन्युबाटै जन्मेर हुर्किएको सरकारले गुन्युकै रक्षा र संरक्षण गर्न सकेनौ भनेर हामीले सम्झाएको मात्र हो । 

साझा पार्टीका आड र भरोसाको कारण अर्धनग्न आन्दोलन गर्नुभयो भन्ने पनि सुनियो नि ?
–    एउटा मान्छेको एउटा राजनीतिक र अर्को सामाजिक जीवन हुन्छ । हामीसँग ‘फेमिनिष्ट इन नेपाल’ भन्ने गु्रप छ ।  त्यो गु्रपमा  हामी ५०÷६० जना विभिन्न संघ÷संस्था र राजनीतिक पार्टीमा काम गर्ने हुनुहुन्छ । जसले हत्या, हिंसा र बलात्कारजन्य घटनाबाट पीडित महिलालाई सहयोग गर्छन् । तर न्युज २४का पत्रकारले साझा विवेकशीलको दिदीले सहयोग गर्नुभयो भनेर प्रचार गर्नुभयो । उहाँ विवेकशीलमा आबद्ध हो तर त्यो पार्टीगत रुपमा फन्ड नै चाहिँ दिएको हैन । धेरै पटक उहाँले बलात्कार भएका नानीहरुलाई  पढाइ, उपचार र राहतको लागि आर्थिक सहयोग गर्नुभएको छ  ।    

महिला हक, हित र अधिकार प्राप्तिको लागि भन्नुभयो, यस्तो काममा लागेको कति भयो ? 
–    म विगत २०७० सालदेखि महिला, हकहित, अधिकार र संरक्षणको लागि लागिपरेको छु । महिला हिंसा अन्त्य हुनुपर्छ, महिला सशक्तीकृत हुनुपर्छ, हरेक क्षेत्रमा महिलाको प्रशस्त उपस्थिति हुनुपर्छ, महिला निर्णयको साक्षी भन्दा पनि निर्णायक तहमा बसेर निर्णय गर्न पाउनुपर्छ भन्ने मनमा लागेको हुनाले म यो अभियानमा लागेकी हुँ । एउटा महिला लुटिइरहँदा, बलात्कार भइरहँदा म कसरी चुप बस्न सक्थेँ र ! उसको न्याय, अधिकार र उज्जवल भविष्यका लागि र अपराधी र बलात्कारीका लागि फाँसीको माग गर्दै लागिपरेकी छु  । 

बलात्कारीलाई शूलीमा झुण्ड्याउने र पीडित नानीलाई सुरक्षा दिने , उसको पुनस्र्थापना गर्नुपर्छ, राज्यले यस्तो व्यवस्था ल्याउनुपर्छ भनेका हौँ ।

महिला राष्ट्रपति भएको देशमा नै हरेक दिन बलात्कारका घटनाहरु भएका समाचार आइरहेका छन्, किन ?
–    हाम्रो देशमा बलात्कारीलाई फाँसी नै नभएको कारणले दैनिक बलात्कारका घटना भएको हो ।  यदि बलात्कारीलाई फाँसी दिने हो भने देशमा महिला राष्ट्रपति नै चाँहिदैन थियो ।  महिला राष्ट्रपति हुँदैमा बलात्कार नै नहुने भन्ने कुरा हैन सबैभन्दा पहिले बलात्कारीलाई फाँसी हुन्थ्यो भने हिंसा आफैँ न्यूनीकरण हुन्थ्यो  ।

दैनिकजसो बलात्कारका घटना बढ्नुको कारण के हो जस्तो लाग्छ तपाईंलाई ?
– बलात्कारीलाई कारबाही छैन । यदि बलात्कारीलाई कडाभन्दा कडा कारबाही वा फाँसी नै हुन्थ्यो भने मान्छे यस्ता हिंसा गर्न डराउँथे  । 

आन्दोलनपश्चात् तपाईंका साथीभाइ, घरपरिवार र छिमेकीले के भन्नुभयो ?
–    घरपरिवार, छिमेकी तथा साथीभाईहरुले भन्दा पनि सबैजनाले यो आन्दोलन समाजको माग हो भन्नुभयो । सबैजना सकारात्मक हुनुहुन्छ  । 

माग जायज भएर पनि आन्दोलन गर्ने शैली फरक भयो नि ?
–    कस्तो फरक भयो ? हामीले कस्तो आन्दोलन गर्नुपथ्र्यो ? सबै जनाले यही प्रश्न गर्नुहुन्छ ? हामीले पटक–पटक  प्रदर्शन गरेको हो । योभन्दा अघि झापाको बिर्तामोडमा मैले १६ गते प्रदर्शन गरेको थिएँ ।  त्यहाँ २०० जति महिला, पुरुष हुनुहुन्थ्यो, त्यहाँ हामीले राम्रो प्रदर्शन गर्यौँ । काठमाण्डौँ नेपालको राजधानी हो, त्यो कारणले अगाडि पम्प्लेट टाँगेर हैन, पृथक् तरिकाको आन्दोलन गर्ने भनेर हामीले पेटीकोट जुलुस गरेका हौँ । यो एकदमै सकारात्मक र राम्रो हो ।

योभन्दा अघि झापाको बिर्तामोडमा मैले १६ गते प्रदर्शन गरेको थिएँ ।  त्यहाँ २०० जति महिला, पुरुष हुनुहुन्थ्यो ।

पाई आन्दोलनमा जोडिन कसरी आइपुग्नुभयो ?
–    मैले विशेष गरेर बलात्कारका केस हेर्छु, त्यसमा पनि बालिका बलात्कारका । ५ वर्षको अवधिमा २०० भन्दा बढी यौन दुव्र्यवहार, बलात्कारका केस हेरेको छु । जसमध्ये मेरै घर नजिक (बारामा) पुजा शाह भन्ने बैनीको बलात्कार भयो र योनीमा काठ कोचियो, कान्तिबाल अस्पतालमा उपचारको क्रममा उसको मृत्यु भइसकेपछि हामीले ७ दिनसम्म लास राखेर आन्दोलन गर्दा बलात्कारीलाई २८ वर्ष जेल र ८ लाख रुपैयाँ जरिवाना गरेका थियौँ । जुन आन्दोलन हाम्रो पहिलो र सफल भएको आन्दोलन हो । त्यसपछि पनि धेरै बलात्कारका केस हेरेको छु तर कुनैले न्याय पाएका छैनन् । 

अबका आन्दोलन कस्ता हुनेछन् ?
–    अबका आन्दोलन एकदमै रचनात्मक हुँनेछन् । 

भन्नाले ?
–    अस्ति हामीले अर्धनग्न प्रदर्शन गर्यौँ । सरकारलाई अझ ढकढकाउनका लागि हामीले सिंहदरबार, बालुवाटार घेर्ने, चुरा उपहार दिने, थोत्रो गुन्यु उपहार दिनेदेखि लिएर पुरुषहरुलाई आफ्नो लिङ्ग सम्हालेर राख भनेर सरकारी कर्मचारीहरुलाई कण्डम उपहार दिने कार्यक्रम गर्नेछौँ । 

बलात्कारीलाई फाँसीको माग सम्बोधन होला ?
विश्वमा १५१ देशहरुमा संविधान संशोधन भएर आएका छन् । नेपाल पनि एक प्रजातान्त्रिक मुलुक हो । संविधान भनेको दस्तावेज हो, जुन जनताको माग र समयअनुसार संशोधन हुन्छ । मलाई विश्वास छ संविधान संशोधन भएर बलात्कारीलाई फाँसीको सजाय हुन्छ । आन्दोलनलाई सभ्य र भव्य बनाउन सबैले सहयोग गर्न हार्दिक अनुरोध गर्दछु । 

सम्बन्धित समाचार


z