• २०८१ बैशाख १४ शुक्रबार

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

kharibot

चितवन। माडी नगरपालिका–९ गोविन्दबस्तीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोबिन्दवस्ती निवासी ५६ वर्षीय जीतबहादुर राई रहेका छन् । राई बिहीबार गाईभँैसी चराउनका लागि गोविन्देश्वर सामुदायिक वनमा गएका थिए । 

वस्तु चराउन गएका राई साँझ अबेरसम्म घर नआएपछि खोजतलासका क्रममा आज बिहान ११ बजे शब भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए । आचार्यका अनुसार राई टाउको र एउटा फिला नभएको अवस्थामा भेटिएको र शवपरीक्षणका लागि भरतपुर ल्याइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै