• २०८३ असोज २० मंगलबार

आज अन्तर्राष्ट्रिय भूविविधता दिवस

आज अन्तर्राष्ट्रिय भूविविधता दिवस

काठमाडौँ । विश्वभर हरेक वर्ष अक्टोबर ६ मा अन्तर्राष्ट्रिय भूविविधता दिवस मनाइन्छ । पृथ्वीका निर्जीव प्राकृतिक पक्षको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

सन् २०२१ मा युनेस्कोको ४१औँ महासभाले अक्टोबर ६ लाई अन्तर्राष्ट्रिय भूविविधता दिवसका रूपमा घोषणा गरेको थियो। सन् २०२६ को दिवसको नारा ‘हाम्रो घरआँगनमै भूविविधता’ रहेको छ ।

भूविविधताअन्तर्गत खनिज, चट्टान, जीवाश्म, माटो, अवसाद, भू–आकृति तथा पानीका प्राकृतिक प्रणालीजस्ता पृथ्वीका निर्जीव तत्व पर्छन् । यिनको सम्बन्ध पारिस्थितिक प्रणाली, कृषि र जैविक विविधतासँग प्रत्यक्ष रहने गर्दछ ।

भूविविधताले जलवायु परिवर्तन बुझ्न, प्राकृतिक स्रोतको व्यवस्थापन गर्न तथा प्राकृतिक विपद्को जोखिम न्यूनीकरणमा समेत सहयोग पुर्‍याउँछ । यस दिवसले पृथ्वीको संरक्षण, दिगो व्यवस्थापन तथा युनेस्को विश्व भू–उद्यानको विकासबारे विश्वव्यापी जनचेतना बढाउने उद्देश्य राखेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै