Skip This
  • २०८३ असोज २० मंगलबार

राष्ट्र बैंकले विदेशी मुद्रा सटही सीमा पाँच गुणासम्म बढायो

राष्ट्र बैंकले विदेशी मुद्रा सटही सीमा पाँच गुणासम्म बढायो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमा पाँच गुणासम्म बढाएको छ ।

विदेशी विनिमय सञ्चिति बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि विदेशी मुद्रा सटहीमा सहजीकरण गरिएको हो ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबारसम्बन्धी एकीकृत परिपत्र संशोधन गर्दै विदेशमा उपचारका लागि वार्षिक ३० हजार अमेरिकी डलरसम्म सटही सुविधा दिने व्यवस्था गरेको छ ।

यसअघि यस्तो सीमा १५ हजार डलर थियो । नेपाली वायुसेवा कम्पनीले जहाजका इन्जिन तथा पार्टपुर्जा आयात गर्दा पाँच लाख अमेरिकी डलरसम्म अग्रिम भुक्तानी गर्न सक्ने भएका छन् । यसअघि यस्तो सीमा एक लाख डलर थियो । त्यस्तै दूरसञ्चार सेवा प्रदायकले विदेशी कम्पनीबाट लिने उपग्रह सेवाको भाडाबापत वार्षिक पाँच लाख अमेरिकी डलरसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि सीमा एक लाख डलर थियो ।

भारतबाट विभिन्न सेवा लिने नेपाली तथा विदेशी संघसंस्था र कम्पनीले प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सक्ने भएका छन् । यसअघि यस्तो सीमा ४० लाख भारतीय रुपैयाँ थियो । राष्ट्र बैंकले चीनबाट हुने आयातको भुक्तानीमा पनि सहजीकरण गरेको छ । 

तातोपानी, रसुवागढी र मुस्ताङ नाकाबाट हुने आयातको भुक्तानी अब भन्सार जाँचपास हुनुअघि नै पूर्ण रूपमा पठाउन सकिने व्यवस्था गरिएको छ । यसअघि सामान पठाउनुअघि नै भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै