Skip This
  • २०८३ असोज २० मंगलबार

चितवनमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

चितवनमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

चितवन । चितवनको रत्ननगर नगरपालिका–३ बेल्सीपुलस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

मंगलबार बिहान शान्तिचोकबाट तरकारीचोकतर्फ जाँदै गरेको बा.प्र.०१–००३ क ८७२५ नम्बरको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको बा.प्र.०६००८ प ३५६३ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक रत्ननगर नगरपालिका–१ निवासी करिब २० वर्षीय ओशिक अन्सारी घाइते भएका थिए । उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, चितवन लगिएकोमा बिहान ११: ९ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि प्रहरीले ट्रक र चालक उदयपुरको रौतामाई गाउँपालिका–९ निवासी ३८ वर्षीय इन्द्रमान परियारलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै