Skip This
  • २०८३ असोज २० मंगलबार

काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता

काँग्रेस उपसभापतिमा चन्द्र भण्डारीसहितको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत मंगलबार मनोनयन प्रक्रिया जारी छ ।

उपसभापतिका लागि चन्द्र भण्डारी, देवराज चालिसे, डा. मिनेन्द्र रिजाल, गण्डकीका मुख्यमन्त्री समेत रहेका सुरेन्द्रराज पाण्डे र दीपक गिरीले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी, धनराज गुरुङ र जीवन परियारलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।  त्यस्तै महिलातर्फको उपसभापतिमा पुष्पा भुसालले उम्मेदवारी दर्ता गरेकी छन् । त्यसैगरी वरिष्ठ उपसभापतिमा भने अहिलेसम्म विश्वप्रकाश शर्माको मात्र उम्मेदवारी दर्ता भएको छ  ।

काँग्रेसले यस पटक वरिष्ठ उपसभापतिसहित पाँच उपसभापतिको व्यस्था गरेको छ । जसमा महिला र समावेशीलाई एक एक उपसभापति आरक्षण गरिएको छ भने खुलातर्फ २ उपसभापति र एक वरिष्ठ उपसभापति राखिएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता हुने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै