काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ ।
प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार असोज २२ गते दिउँसो १ बजेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बैठक बोलाइएको छ । ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक बस्न लागेको हो ।
एमालेको स्थायी समितिमा केन्द्रीय पदाधिकारीसहित २७ जना रहेका छन् ।









