• २०८३ असोज २२ बिहीबार

दबाब र प्रभावमा नपरी मतदान गर्न अपिल कांग्रेस सभापतिका उम्मेदवार खड्गीको अपिल

दबाब र प्रभावमा नपरी मतदान गर्न अपिल कांग्रेस सभापतिका उम्मेदवार खड्गीको अपिल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै दबाब वा प्रभावमा नपरी विवेक प्रयोग गरेर मतदान गर्न अपिल गरेका छन् ।

खड्गीले कांग्रेसका संस्थापक नेता बीपी कोइरालासहित लोकतान्त्रिक आन्दोलनमा योगदान गर्ने नेताहरू र सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो उम्मेदवारी आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै सशक्त कांग्रेस निर्माण गर्ने उद्देश्यले अघि सारेको बताएका छन् ।

उनले पार्टीमा कोही पनि निर्विकल्प नहुने मान्यताका साथ आफू सभापति पदमा उम्मेदवार बनेको उल्लेख गरेका छन् । कांग्रेस र लोकतन्त्रमाथि देखिएका चुनौती सामना गर्न सक्ने पार्टी निर्माणका लागि आफू महाधिवेशनको मैदानमा रहेको उनको भनाइ छ ।

खड्गीले महाधिवेशनमा निष्पक्ष र निर्भय रूपमा मतदान, मतगणना तथा परिणाम घोषणा हुने वातावरण सुनिश्चित गर्नसमेत आग्रह गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै