धादिङ । धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्डमा दुवैतर्फको यातायात पूर्ण रूपमा रोकिएको छ ।
शुक्रबार, सडकको तल्लो भागबाटै भासिएकाले तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको गजुरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडकको छेउपट्टिको भागमा समेत चिरा परेको छ । सडक अवरुद्ध भएपछि उक्त मार्ग भएर आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् ।









