काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १३६ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना तथा गण्डकी, कोशी, मधेश प्रदेश र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १३६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा २२ जना, काठमाडौँ उपत्यकामा १८ जना, सुदूरपश्चिममा ८ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २५ जना, कर्णालीमा ८ जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।









