• २०८३ असोज २९ बिहीबार

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भारतका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकमा भाग लिन दिल्लीमा रहेका गृहमन्त्री गुरुङले आज विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

उनले यसअघि मंगलबार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका थिए । नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए ।

गुरुङको भारत भ्रमण सकेर आजै स्वदेश फर्किने तालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै