बर्दिया । ३९ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बर्दियाबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–८ रेशम टोल निवासी ४५ वर्षीय जगबहादुर थारू रहेका छन् । उनलाई प्रहरीले पक्राउ गरेको हो ।
ती महिलामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरी टोलीले थारूलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।









