• २०८३ असोज २९ बिहीबार

रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन

रास्वपाले खोल्यो ‘नगरपालिका उम्मेदवार क्लब’ को आवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिका लागि ‘नगरपालिका उम्मेदवार क्लब’को आवेदन खुला गरेको छ ।

पार्टीले आजदेखि आवेदन खुला गरेको जानकारी दिँदै नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व गर्न इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको हो ।

इच्छुक व्यक्तिले रास्वपाको आधिकारिक मोबाइल एपमा प्रवेश गरेर आवेदन दिन सक्ने पार्टीले जनाएको छ ।

आवेदनका लागि पार्टीको आधिकारिक एप प्रयोग गर्न सकिने रास्वपाले जानकारी दिएको छ ।

एपको लिंक- https://rspnepal.page.link/app

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै