• २०८३ कार्तिक १ शनिबार

काँग्रेसको मतगणना सकियो

काँग्रेसको मतगणना सकियो

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ । 

मधेश प्रदेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो । 

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, सहिद परिवार तथा द्वन्द्वपीडितको तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

त्यसैगरी सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारू तर्फको मतगणना पनि राति अबेर सकिएको छ । सबैको मतपरिणाम रुजु गर्ने कार्य भइरहेकाले आजै अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको कटुवालले बताए । 

गत असोज २३ गते मतदान गरी त्यही दिन राति सभापतिको मतगणना गरेर सुरु भएको मतगणना कार्य एक सातामा सकिएको हो ।

राष्ट्रिय सभागृहमा गरिएको सभापतिको मतगणनाको परिणाम २४ गते बिहानै आएको थियो ।  अन्य पदको मतगणना भने २४ गते रातिदेखि पार्टी केन्द्रीय कार्यालय बीपीनगर, सानेपामा गरिएको थियो । 

अघिल्लो महाधिवेशनको तुलनामा यसपटकको मतगणना दोब्बरभन्दा बढी छिटो भएको निर्वाचन समितिका सदस्य सचिव कटुवालले बताए । उनका अनुसार प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम भने दसैंलगत्तै गर्ने तयारी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै