• २०८३ कार्तिक १ शनिबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८८ करोडको कारोबार

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ८८  करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४८ कम्पनिका एक करोड ३३ लाख ७६ हजार ४८९ कित्ता शेयर ४ अर्ब ८८  करोड ८९ हजार १०८ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर १४.८२ प्रतिशतले बढेको छ भने बेनी हाइड्रोको शेयर १२.४६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एसबीएल डिभेन्चरको शेयर ५.८४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २० करोड ४९ लाख बराबरको कारोबार भएको छ भने एनआइएमबी बैंकको १८ करोड २९ लाख बराबरको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै