• २०८३ कार्तिक २ आइतबार

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शनिबार बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.२ क ६६६ नम्बरको ट्रक, सोही दिशातर्फ गइरहेको बा.८३ प ४४८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा.३ प ३५८४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा रा.३ प ३५८४ नम्बरको मोटरसाइकल चालक अन्दाजी ३४ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए । नामथर र ठेगाना नखुलेका उनलाई उपचारका लागि चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पताल लगिएको थियो । उपचारका क्रममा बिहान १०:०५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

त्यस्तै, बा.८३ प ४४८४ नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका–२ बचैया निवासी २३ वर्षीय दिलीपकुमार यादव र पछाडि सवार गढवा गाउँपालिका–१ हेठान गाउँ निवासी २१ वर्षीय अनिल योगी घाइते भएका छन् । उनीहरूको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न तीनवटै सवारीसाधन र ट्रक चालक पर्साको पोखरिया नगरपालिका–६ सिरसिया निवासी ३२ वर्षीय ओमप्रकाश महत्तोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै