• २०८३ कार्तिक २ आइतबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, २५७ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ४ को मृत्यु, २५७ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा ३ जना तथा लुम्बिनी प्रदेश एक जनाको मृत्यु भएको छ । 

त्यस्तै देशभर भएका दुर्घटनामा २५७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४३ जना घाइते भएका छन् भने कोशीमा ६६ जना, काठमाडौँ उपत्यकामा २९ जना, सुदूरपश्चिममा २१ जना, बागमतीमा २० जना घाइते भएका छन् भने लुम्बिनीमा ६० जना, कर्णालीमा १० जना र गण्डकीमा ८ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै